NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि खुल्यो आवेदन

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न अर्थ मन्त्रालयले दरखास्त आह्वान गरेको छ ।

कोषको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आज सूचना प्रकाशित गरेर दरखास्त आह्वान गरेको हो । इच्छुक र माग बमोजिक योग्यता पुगेकाहरुले २१ दिनभित्र आवेदन दिन पनि सूचनामा भनिएको छ ।

आवेदन दिँदा कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य शिलबन्दी आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

दरखास्तसाथ शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, वैयक्तिक विवरण र दुई प्रति पासपोर्ट साइजको फोटो तथा व्यावसायिक कार्ययोजना ९पाँच हजार शब्दमा नबढ्ने गरी० खामबन्दी गरी पेश गर्नुपर्ने सूचनामा उल्लेख छ । आवेदनका साथ अर्थ मन्त्रालयको राजश्व खातामा पाँच हजार रुपैयाँ जम्मा गरेको सक्कल भौचर पनि पेस गर्नुपर्ने छ ।

ताजा अपडेट

नेपालवाच विशेष