संघ सरकारसँग मधेस सरकार रुष्ट, आज आन्दोलन घोषणा गर्दै !
काठमाडौं । मधेस प्रदेश सरकारले आज संघीय सरकारविरुद्ध आन्दोलन घोषणा गर्ने भएको छ । देश संघीयतामा गएपछि पहिलो पटक प्रदेश सरकारले संघ सरकारविरुद्ध यसरी आन्दोलन घोषणा गर्न लागेको हो ।
मधेस प्रदेशले प्रहरी समायोजन, निजामति ऐन अघि बढाएर कार्यान्वयन हुनुपर्ने माग राखेको छ । आफ्नो मागअनुसार संघ सरकार अघि नबढेपछि मधेस सरकारले बुधबार आन्दोलन घोषणाको तयारी गरेको हो ।
मधेस प्रदेश मुख्यमन्त्रीको कार्यालयले अहिले दिउँसो २ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर आन्दोलन घोषणा गरिने जनाएके छ ।
बुधबार आन्दोलन घोषणा गरेर मुख्यमन्त्री सरोज यादवले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्ना मागबारे अवगत गराउन ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ।
ज्ञापनपत्र बुझाएर १५ दिने अल्टिमेटम दिने र उक्त अवधिमा पनि माग पूरा नभए माइतीघर मण्डलामा धर्ना बस्ने मधेस प्रदेश सरकारको चेतावनी छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया