नेपाल पुनर्बीमा कम्पनीद्वारा भूकम्प प्रभावित क्षेत्रका लागि २५ लाख सहयोग
काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनीले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई २५ लाख सहयोग प्रदान गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग प्रदान गरेको हो ।
शुक्रबार राति कर्णाली प्रदेशको जाजरकोट जिल्लामा केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिमलगायत वरपरका जिल्लामा ठुलो जनधनको क्षति भएको छ । कम्पनीले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाईतेहरुको स्वास्थ लाभको लागि कामना गरेको छ । भूकम्पकै कारण कम्पनीले कार्तिक २१ गते गर्ने भनेको वार्षिक साधारणसभा स्थगितसमेत गरेको थियो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया