NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

एनआइएमबीको ‘एक खाता, एक बिरुवा’ अन्तर्गत वृक्षारोपण कार्यक्रम

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ‘NIMB Green Future Savings Account’  अन्तर्गत ‘एक खाता, एक बिरुवा’ अभियानद्घारा वृक्षारोपण कार्यक्रम सुरु गरेको छ ।

बैंकले प्रत्येक ‘NIMB Green Future Savings Account’  खाता खोल्ने ग्राहकको नाममा एक विरुवा रोप्ने र त्यसको संरक्षण गर्ने बताएको छ ।  बैंकले लुम्बिनी वल्र्ड पिस फोरमसँग सहकार्य गरी टोखा नगरपालिका वडा नम्बर २ मा ५०० वटा विरुवा रोपी यस अभियानको सुरुवात गरेको हो । वृक्षारोपण कार्यक्रममा बैंकका कर्मचारीहरु, लुम्बिनी वल्र्ड पिस फोरमका अध्यक्ष बासु गौतम, टोखा नगरपालिका वडा नम्बर २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ ,वडाका जनप्रतिनिधिहरु, महिला स्वयंसेविकाहरु तथा सशस्त्र प्रहरी निरीक्षक सन्तोश केसी लगायतको उपस्थिति थियो ।

यस खाताको मुख्य उद्देश्य ग्राहकवर्गहरुलाई भविष्यका लागि बचत गर्न प्रत्साहित गर्नुका साथसाथै वातावरण संरक्षणमा पनि योगदान पु¥याउनु रहेको बैंकले जनाएको छ ।

रु ५०० रुपैयाँमा खोल्न सकिने यस खातामा ग्राहकवर्गहरुले आकर्षक ब्याजदर, ग्रिन पिन कार्ड सुविधा, निःशुल्क चेक बुक, प्रथम वर्षका लागि निःशुल्क डेबिट कार्ड तथा मोबाइल बैंकिङ, निःशुल्क इन्टरनेट बैंकिङ सुविधा उपलब्ध गर्न सक्नेछन् । साथै बैंकले ग्राहकलाई ‘Eco Friendly Loan’ लाई  प्राथमिकतामा राखि Processing Fee मा २५  प्रतिशत छुट समेत दिने जनाएको छ ।