रेशम चौधरीको कैद मिनाहाविरुद्धको रिटमा आज अन्तिम सुनुवाइ
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध परेको मुद्दाको सुनुवाइ आज हुँदैछ ।
टीकापुर हत्याकाण्डमा मारिएका सशस्त्र प्रहरीका प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुन लागेको हो ।
गणतन्त्र दिवसको दिन पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सजाय माफी मिनाहा गरेसँगै गत जेठ १५ मा चौधरी छुटेका थिए ।
राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै बोहराकी पत्नी शारदा कठायतले माफी मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।
७ भदौ २०७२ मा टीकापुरमा थरुहट आन्दोलनका क्रममा हिंसा भड्किँदा एक नाबालकसहित आठ प्रहरीको क्रुर हत्या भएको थियो । नाबालकसहित सात प्रहरीको घटनास्थलमै र एक प्रहरीको उपचारका क्रममा निधन भएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया