NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

एशियन बैंकर संघको सम्मेलन सुरु

काठमाडौं । एशियन बैंकर संघको सम्मेलन काठमाडौँमा सुरु भएको छ  । नेपाल बैंकर सङ्घ र एशियन बैंकर सङ्घको संयुक्त आयोजनामा सुरु दुई दिने सम्मेलनमा सदस्य देशका बैंकरहरुको सहभागिता छ ।

सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय बैंकरलाई आग्रह गरे । विश्व बैंक, एशियालि विकास बैंकलगायतले ठूला परियोजनामा लगानी गरिरहेकाले लगानीको वातावरण रहेको भन्दै उनले जलविद्युतलगायत क्षेत्रमा लगानीको सम्भावना रहेको उल्लेख गरे ।

उनले कोभिडपछिको अर्थतन्त्रको पुनरुत्थान र दीगो विकासका लागि सम्मेलन फलदायी हुनेमा विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महप्रसाद अधिकारीले नेपाली बैंकले छोटो समयमा प्रगति गरेको भन्दै डिजिटल बैंकिङमा जोड दिए । उनले बैंकमा लगानी बढाउन पनि आग्रह गरे ।

सम्मेलन ‘एसियन बैंकिङः रोडम्याप फर रिकभरी एण्ड सस्टेइन्ड ग्रोथ’ नाराका साथ नाराका साथ सुरु भएको छ ।