अभिनेत्री दिपाशा बीसीको निधन

काठमाडाैं । अभिनेत्री दीपासा बीसी ‘जलपरी’ को निधन भएको छ । उनको आज नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखेपछि उनी बुधबार अस्पताल भर्ना भएकी थिइन् ।
अभिनेत्री दीपासाले ‘दुलही रानी’ चलचित्रममा डेब्यु गरेकी थिइन् । उनले यसबाहेक बिरानो माया, झेली चलचित्रमासमेत अभिनय गरेकी छन् । उनले चलचित्रबाहेक दर्जनौं म्युजिक भिडिओमा अभिनय गरेकी छिन् ।
प्रतिक्रिया