NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

धरानमा विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गरिने

काठमाडौं । सरकारले धरान उपमहानगरपालिकामा विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निर्देशनमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययनका लागि तीन सदस्यीय समिति गठन भएको छ ।

नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक ई.नल बिक्रम थापाको संयोजकत्वमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य रहनेगरी समिति गठन भएको हो ।

बुधबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मन्त्री किरातीलाई विमानस्थल निर्माणका लागि पहल गरिदिन पत्र लेखेका थिए ।

तर आम रूपमा भने ४० किलोमिटर भन्दा कम दूरीमा अवस्थित विराटनगर विमानस्थल हुँदा हुँदै धरानमा पनि विमानस्थल बनाउने विषय अव्यवहारिक भएको भन्दै विरोध भइरहेको छ।