लगातार चार दिन घटेपछि आज बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । सोमबारयता लगातार घटेको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक हजार रूपैयाँले बढेर एक लाख १४ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला एक हजार घटेर एक लाख १३ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख १४ हजार १५० रूपैयाँ कायम भएको छ । बिहीबार चाँदी २० रूपैयाँले बढेर एक हजार ४०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
प्रतिक्रिया