NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

पाण्डेको राजीनामापछि को बन्छ नयाँ प्रधानसेनापति ?

काठमाडौं । नेपाली सेनामा भावी प्रधानसेनापतिका रुपमा अघि बढाइएको ताराध्वज पाण्डेको राजीनामाले नयाँ तरंग ल्याएको छ । यसले ९ महिनापछिको सैनिक नेतृत्व मात्र होइन त्यसपछिको नेतृत्वमा पनि हेरफेर हुन सक्नेछ ।

नागरिकता र शैक्षिक प्रमाणपत्रको जन्ममिति फरक भएको विवादमा उपरथी पाण्डेले राजीनामा दिएका हुन् । जबकी उनको रथीमा बढुवा सिफारिस भइसकेको थियो । उनको राजीनामा समेत शुक्रबार नै स्वीकृत भइसकेको छ ।

अब रथी बढुवाको प्रतिस्पर्धामा बरिष्ठतम् उपरथी अशोक सिग्देल छन् । उनी नै आगामी भदौमा प्रधानसेनापति हुने लगभग निश्चित छ । पाण्डेको राजीनामाले अर्का एक उपरथीलाई पनि तीन महिनापछि रथी हुने बाटो खोलेको छ।