टिकटक बन्द गर्ने सरकारको निर्णयबारे पुनर्विचार गर्न क्यानको आग्रह
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याएर व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको भए देशको अर्थतन्त्रमा सहयोग पुग्थ्यो भन्ने विचार व्यक्त गरेको छ ।
क्यानले आज एक विज्ञप्ति निकालेर साना तथा मझौला व्यवसायीलाई आफ्नो बजार विस्तार गर्ने विकल्प बनेकामा त्यसलाई नियमन गर्दा उपयुक्त हुन्थ्यो भन्दै सूचना र सञ्चार प्रविधिको विकासले अवसर र चुनौती दुवै ल्याउने वास्तविकतालाई दृष्टिगत गरी निर्णयमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको छ ।
“नेपालमा उपलव्ध सबैखाले सामाजिक सञ्जालको सुव्यवस्थित प्रयोगका लागि सरकारले विज्ञ टोलीमार्फत वार्ता तथा समन्वय गर्न क्यान आग्रह गर्दछ । निजी क्षेत्रको हैसियतमा हामी सरकारसँग जस्तोसुकै प्राविधिक सहकार्य गर्न तयार छौँ,” डिजिटल नेपाल निर्माणमा सघाउने प्रतिबद्धता व्यक्त गर्दै विज्ञप्तिमा भनिएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया