NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ६ गते

होटलमा कौडा खेलिरहेका २१ जना पक्राउ

नुवाकोट । नुवाकोटको बिदुर नगरपालिका–२ बिदुरस्थित नर्थ भ्यू होटलमा कौडा खेलिरहेको अवस्थामा २१ जना पक्राउ परेका छन् ।
बिदुर नगरपालिका–५ बस्ने ३६ वर्षीय रबिन्द्र आचार्य समेत २१ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी खटिएको थियो । उनीहरूबाछ नगद ६ लाख ५२ हजार १ सय ९२ रूपैयाँ पनि बरामद भएको छ ।