NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

लोक सेवा आयोगले माग्यो दुई सय ५७ कर्मचारी

काठमाडौं । लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ दुई सय ५७ कर्मचारी माग गरेको छ।

शुक्रबार आयोगले प्रकाशित गरेको सूचना अनुसार राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी २५७ कर्मचारी मागेको हो।

आयोगले प्राविधिकतर्फ २१६ कर्मचारी, मानवअधिकार सेवातर्फ अधिकृत तृतीय श्रेणीमा १ जना, स्वास्थ्य सेवातर्फ आठौं तहमा ३६ जना र सातौं तहमा ४ जना कर्मचारीको पदपूर्ति गर्न लागेको हो।

उक्त पदमा आयोगले खुला तथा समावेशी प्रणालीबाट पदपूर्ति गर्ने भएको हो । इच्छुक र योग्यता पुगेकाहरुले मंसिर १९ गतेभित्र दरखास्त दिइसक्नुपर्ने आयोगले जनाएको छ ।

दरखास्त शुल्क १ हजार २ सय र एकै समूह/उपसमूहको पदको समावेशी समूहतर्फ आवेदन दिन प्रत्येक समूहका लागि थप ४ सय दस्तुर बुझाउन पर्नेछ ।

दरखास्तका लागि आवेदकले आयोगको वेवसाइटमार्फत अनलाईन आवेदन दिन सक्नेछन्।