सहायक निरीक्षकले नै चोरे ल्यापटप

धनगढी । शान्ति सुरक्षामा खटिने प्रहरी नै चोरीमा पक्राउ परेका छन् । कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका एकजना सहायक निरीक्षक (असई) रमेश भण्डारी पक्राउ परेका छ्न ।
असई भण्डारी दार्चुलामा कार्यरत छन् । अस्पतालको कोठामा कोही नभएको मौकामा उनले ल्यापटप चोरेका हुन् । असई भण्डारीलाई थुनामा राखी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए । चोरीको ल्यापटप पनि प्रहरीले बरामद गरेको छ । असई भण्डारीलाई सशस्त्र प्रहरीले पनि कडा कारबाहीको तयारी गरेको छ ।
सिसिक्यामेराको सहयोगमा उनलाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया