जनताको सुझाव र गुनासो सुन्न आजदेखि रास्वपाका सांसदहरु घरदैलोमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु तीन दिनका लागि घरदैलो कार्यक्रममा निस्किएका छन् । रास्वपाका सांसदहरुले आजदेखि देशका विभिन्न क्षेत्रमा तीनदिनसम्म जनताको घरदैलोमा समय विताउँदै छन् ।
निर्वाचन भएको एक वर्ष पुगेको अवसर पारेर उनीहरुले यस्तो अभियान थालेका हुन् ।
अभियानका क्रममा जनताका सुझाव र गुनासा सुन्ने र संकलन गर्ने सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
प्रत्यक्ष निर्वाचनतर्फका उम्मेदवार आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो गर्नेछन् । समानुपातिक तर्फका आफ्नो जिल्ला केन्द्रित भएर कार्यक्रम तय गर्ने सहमहामन्त्री बुर्लाकोटीले बताए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया