जनताको सुझाव र गुनासो सुन्न आजदेखि रास्वपाका सांसदहरु घरदैलोमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु तीन दिनका लागि घरदैलो कार्यक्रममा निस्किएका छन् । रास्वपाका सांसदहरुले आजदेखि देशका विभिन्न क्षेत्रमा तीनदिनसम्म जनताको घरदैलोमा समय विताउँदै छन् ।
निर्वाचन भएको एक वर्ष पुगेको अवसर पारेर उनीहरुले यस्तो अभियान थालेका हुन् ।
अभियानका क्रममा जनताका सुझाव र गुनासा सुन्ने र संकलन गर्ने सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
प्रत्यक्ष निर्वाचनतर्फका उम्मेदवार आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो गर्नेछन् । समानुपातिक तर्फका आफ्नो जिल्ला केन्द्रित भएर कार्यक्रम तय गर्ने सहमहामन्त्री बुर्लाकोटीले बताए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया