नेपाल दूरसञ्चारले भन्यो ‘अझै टिकटक प्रयोग भएको पाइएमा खबर गर्नू’

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले कुनै इन्टरनेट वा मोबाइल सेवा प्रदायक कम्पनिको नेटवर्कबाट अझै टिकटक प्रयोग भएको पाइएमा खबर गर्न सूचना जारी गरेको छ ।
सरकारले सामाजिक सद्भावमा असर परेको भन्दै प्रतिबन्ध लगाएपछि दूरसञ्चारले उक्त निर्णय कार्यान्वयन गराएको छ ।
तर, अझै पनि नेपालमा टिकटक प्रयोग भइरहेको हुनसक्ने भन्दै प्राधिकरणले सूचना जारी गरेर त्यस्तो भेटिए खबर गर्न आग्रह गरेको हो । सूचना दिँदा कुन कम्पनीबाट चलेको हो भन्नेबारेमा जानकारी गराउनु पर्नेछ ।
सरकारको निर्णय कार्यान्वयनका लागि सबै इन्टरनेट सेवा प्रदायक र मोवाइल सेवा प्रदायकलाई पत्र पठाएर टिकटक बन्द गर्न निर्देशन दिएको थियो ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया