NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

टिकटक प्रतिबन्धविरुद्ध परेको रिटमा आज सुनुवाइ

काठमाडौं । नेपालमा टिकटक प्रतिबन्ध लगाउने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा छुट्टाछुट्टै परेका रिटमाथिको सुनुवाइ आज हुँदैछ ।

मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उक्त निर्णयपछि नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकले टिकटक नचल्ने बनाएका छन् ।

दायर गरिएको निवेदनमा सरकारको उक्त निर्णय खारेज गर्न माग गरिएको छ । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध १० वटा रिट निवेदन परेका छन् ।

सामाजिक सद्भावमा खलल पुगेको, टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्यूनीकरण र दोषीमाथिको कारबाही प्रक्रियामा सहयोग नगरेको कारण देखाउँदै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष