NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

रसुवागढी नाकामा प्रहरीको विशेष निगरानी

रसुवा । रसुवागढी नाकाबाट सुन तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी बढाएको छ । तस्करले गहना बनाइ सुन ल्याउन थालेपछि प्रहरीले सुक्ष्म निगरानी बढाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बुढाथोकीका अनुसार केरूङबाट बेरुवा औठी लगाई सुन आयात गर्न लागेको अवस्थामा गत आइतबार उत्तरी रसुवाका तीन जना पक्राउ परेका थिए । यसपछि प्रहरीले गरगहना लगाउनेप्रति विशेष निगरानी थालेको हो ।

रसुवागढी नाकाबाट स्थायी पास पाएका रसुवावासीले मात्र केरुङ आवत जावत गर्न पाउँछन् । केरुङमा सुन पसलको कारोबार गरिरहेका व्यापारीमार्फत गहनाका रूपमा अवैध कारोबार भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ ।

केरुङ आवत जावतका लागि पास पाएका स्थानीयले अवैधरूपमा कुनै पनि सामग्री ल्याउन पाउँदैनन् । राहदानीमार्फत आएका महिलाले ५० ग्राम एवं पुरूषले २५ मात्र सुन ल्याउन पाउने प्रावधान रहेको बताइएको छ ।

केरूङबाट सुनको औठी ल्याई अवैध कारोबारमा संलग्न भएको आरोपमा रसुवा जिल्ला आमाछोदिङ्मो गाउँपालिक-१ हाकु निवासी सिनेवाङ्दी तामाङ, आमाछोदिङ्मा –४ गोल्जुङकी लक्ष्मी तामाङ एवं आमाछोदिङ्मा -५ चिलिमेकी ल्हाक्पावुटी तमाङ पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट रु १४ लाख ९१ हजार छ सय २८ बरावरको १२ तोला ९१ लालबाट तयार भएका पाँच बेरुवा सुनका औठी जफत गरिएको थियो । उनीहरुलाई रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए ।

सशस्त्र प्रहरीबललाई चौकी स्थापना गर्ने जग्गा उपलब्ध गराउन वन तथा वातावरण मन्त्रालयले स्वीकृत नदिँदा नाकथलीमा चौकी स्थापना हुन सकेको छैन ।

ताजा अपडेट

नेपालवाच विशेष