दोस्रो त्रैमामसमा ३१ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (कार्तिक- पुस मसान्तसम्म) मा ३१ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ।
राष्ट्र बैंकले ट्रेजरी बिलमार्फत १० अर्ब रुपैयाँ / विकास ऋणपत्रबाट २१ अर्ब रुपैयाँ गरी कुल ३१ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको हो।
पहिलो त्रैमासमा राष्ट्र बैंकले ट्रेजरी बिलमार्फत पाँच अर्ब र विकास ऋणमार्फत ९२ अर्ब गरी ९७ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको थियो।
तेस्रो त्रैमासमा राष्ट्र बैंकले ४७ अर्ब ६९ करोड रूपैयाँ आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको छ । जसमा ट्रेजरी बिलमार्फत १५ अर्ब र विकास ऋणपत्रमार्फत ३२ अर्ब ६९ करोड रूपैयाँ उठाउने लक्ष राखेको छ ।
त्यस्तै चौथो त्रैमासमा राष्ट्र बैंकफे ६४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । जसअन्तर्गत ट्रेजरी बिलमार्फत २५ अर्ब र ३३ अर्ब विकास ऋणपत्रमार्फत उठाउने भएको छ । यसरी चालु आर्थिक वर्षमा राष्ट्र बैंकले कुल २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा



प्रतिक्रिया