बोरामा बाँधेर फालेको अवस्थामा दुई जनाको शव फेला
चितवन । भरतपुर महानगरपालिका-१२ मिलनचोकस्थित कलवडमा आज एक पुरुष र एक महिलाको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार अन्दाजी ३०–३२ वर्षको उमेरका उनीहरुको शव भेटिएको हो ।
शव दुईवटा बोरामा बाँधेर फालेको अवस्थामा भेटिएको हुँदा शङ्कास्पद भएको उनले बताए । हातखुट्टा बाँधेर बोरामा हालेर फालेको अवस्थामा शव भेटिएको र घटनाको अनुसन्धान सुरु गरिएको प्रवक्ता पण्डितले जानकारी दिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया