NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

जसले अर्काको ट्राभल एजेन्सीबाट टिकट बेचेर २ करोड उठाए

काठमाडौं । नारायण सुवेदी मस्याङदी ट्राभलका म्यानेजर हुन् । तर, उनको ट्राभलले राम्रो व्यापार गरेको थिएन ।

ट्राभल एजेन्सीको सबै सिष्टम बुझेका थिए । जसकारण छिटो पैसा कमाउन उनले अर्काको ट्राभलबाट यूजर आईडी ह्याक गरी टिकट बेचेर पैसा कमाउने योजना बनाए । जसअनुसार बालुवाटारस्थित जियोल्याण्ड ट्राभल एण्ड टुर्समार्फत टिकट बिक्रि गरे । जसबाट उनले एक करोड ९९ लाख ८२ हजारको टिकट बिक्रि गरे ।

एयर अरेयिबा र जजिरा एयरलाइन्सको टिकट उनले यसरी सिष्टम ह्याक गरेर बिक्रि गरेका थिए । पैसा पनि हात पारे । तर, लामो समय त्यो पैसा टिक्न सकेन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई बिहीबार पक्राउ गरेको छ । जियोल्याण्ड ट्राभलको उजुरीका आधारमा उनलाई पक्राउ गरी ठगी मुद्दामा कारबाही अघि बढाइएको सिआइबीका एसपी नवराज अधिकारीले बताए ।