भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराइने

जाजरकोट । जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ ।
गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको थियो भने तीन सय ४६ घाइते भएका थिए । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्प प्रभावितलाई निःशुल्क विद्युत मिटर वितरण गरिने जानकारी दिए । उनले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत विद्युत् सेवा नपुगेका ठाउँमा रहेका भूकम्प प्रभावितका लागि ‘सोलार सिस्टम’ वितरणको तयारी भएकोसमेत बताए ।
“केन्द्रका कर्मचारी तथ्याङ्क सङ्कलनमा रहेकाले तथ्याङ्क आउनेबित्तिकै सोलार सिस्टम उपलब्ध गराइने छ”, मन्त्री बस्नेतले भने । भूकम्पबाट नलगाड, भेरी, बारेकोटमा बढी क्षति भएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया