NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

भारतमा सडक सुरूङ भास्सिएपछि फसेका ४१ श्रमिकको उद्धार प्रयास जारी

एजेन्सी । उत्तरकाशीको सिल्कियारामा निर्माणाधीन सुरुङ भत्किएको १३ औँ दिन सुरूङमा फसेका ४१ जना कामदारको उद्धार कार्यमा केही प्रगति भएको उद्धारमा सम्लग्न टोलीले बताएको छ ।

गत कात्तिक २८ गते सिल्क्यारादेखि बारकोटसम्म निर्माणाधीन सुरुङको केही भाग भत्किएर सुरुङको सिल्कियारातर्फको ६० मिटर क्षेत्रमा खसेको पहिरोले ४१ जना कामदारलाई भित्र थुनेको थियो । कामदारहरू सरूङको पूरा भएको दुई किलोमिटर–निर्मित भागमा फसेका छन् ।

भग्नावशेषबाट ड्रिल गर्न प्रयोग गरिने अमेरिकी विशाल ओगर मेशिन राख्ने २५ टनको कङ्क्रिटको संरचना बनाई उद्धारक्रममा बिग्रिएको पाइप मर्मत गर्ने का ‘वेल्डर’ ले शुरू गरिसकेको र मर्मतपछि उद्धार कार्यहरू चाँडै पुनः सुरु हुने अपेक्षा गरिएको उद्धार टोलीलाई उद्धृत गरी प्रहरीले जनाएको छ ।

उपकरण राखिएको संरचनामा बिहीबार उद्धार कार्य जारी रहँदा केही समस्या आएपछि भग्नावशेषमा तेर्सो ड्रिलिङको प्रक्रिया रोक्नुपरेको थियो ।

सरकारी बुलेटिनका अनुसार शुक्रबार बिहान १ः१० मा नवौं पाइपलाई सुरूङतर्फ पठाउने क्रममा थप १.८ मिटर दबेपछि अचानक सानो कम्पन देखिएको थियो ।

“वेल्डरको टोली पाइपभित्र पसेर बेन्ड पाइप काट्ने काम भइरहेको छ । पाइपमर्मतको काम सकेपछि पुनः मेसिनमार्फत् पाइपलाई पठाइनेछ,” विज्ञप्तिमा भनिएको छ । यद्यपि पाइपको अन्य स्थानमा क्षति भएको छ वा छैन भनी परीक्षण गर्न मेसिनलाई निकाल्नुपर्ने र परीक्षणपछि काम थालिने छ ।

पाइप ड्रिलिङ मेशिनको नजिकबाट पाइप गहिराहीमा पठाउनका लागि जनशक्तिलाई सुरक्षित मार्ग प्रदान गर्न ६७ मिटर ९१८७ मिटरदेखि १२० मिटर० लम्बाइका लागि कंक्रिट कल्भर्ट ब्लक, ह्युम पाइप र स्टिल पाइप राखेर आपतकालीन सुरक्षित मार्ग निर्माण गरी काम सम्पन्न भएको छ । फसेका कामदारहरु सकुशल रहेको बुलेटिनमा उल्लेख छ ।

“वायर कनेक्टिभिटीसहितको परिमार्जित सञ्चार प्रणाली राज्य विपद् प्रतिकार्य बलले पहिले नै जोडिसकेको छ र यसमार्फत फसेका व्यक्तिसँग नियमित रूपमा स्पष्ट सञ्चार भइरहेको छ ।

त्यहाँ रहेका मानिसहरूले आफू सुरक्षित रहेको बताएका छन् । पाइपको प्रयोग गरी नियमित अन्तरालमा सुरूङभित्र ताजा पकाएको खाना र ताजा फलफूल पठाउने गरिएको छ ।