मौसम : तीन प्रदेशमा बदली, अन्यत्र सफा
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदली र तराई भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसमविद् रोजन लामिछाने जानकारी दिए । उनका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
अहिले काठमाडौंको वायुको तापक्रम १५ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता चार किलोमिटरभन्दा धेरै रहेको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँमा आज न्यूनतम तापक्रम १० डिग्री तथा अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद् लामिछानेले बताए ।
उनले भने, “काठमाडौंको न्यूनतम तापक्रम हिजोको भन्दा आज घटेको छ । हिजो न्यूनतम तापक्रम १२ दशमलव पाँच डिग्री सेल्सियस रहेकामा आज १० डिग्रीमा झरेको छ ।” काठमाडौं उपत्यकासहित धेरै जिल्लामा दिउँसोको समयमा न्यानो भए पनि हुम्ला, जुम्ला र जोमसोमको न्यूनतम तापक्रम माइनसमा रहेको छ ।
यसैगरी, आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रही देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया