NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० फागुन ११ गते

कतिमा हुँदैछ सुनचाँदी कारोबार ?

काठमाडाैं । आज सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँ बढेर एक लाख १६ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार सुनको मूल्य एक लाख १६ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य १ लाख १६ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदी ३५ रूपैयाँले बढेर एक हजार ४८५ रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी एक हजार ४५० रूपैयाँमा कारोबार भएको थियो ।