NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० फागुन ११ गते

नेपाल इन्स्योरेन्सले कति दिँदैछ लाभांश ?

काठमाडाैं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड  (NICL) ले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ८ गते सम्पन्न इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को लागि लाभांश वितरण गर्ने निर्णय गरेको हो।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृती र आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।