नवराज विकाको जीवनमा आधारित म्युजिकल फिल्म सार्वजनिक(भिडियोसहित)
काठमाडौं । सांग्रिला इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट “हुन्छ भन नभन नाईं भनी” म्यूजिकल फिल्म प्रदर्शनमा आएको छ ।
केही समयअघि रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ सोती गाउँमा भएको दुर्भाग्यपूर्ण घटनामा आधारित यो म्यूजिकल भिडियो फिल्मले नेपाली समाजमा व्याप्त रहेको जातीय विभेदको अवस्थालाई प्रस्तुत गरेको छ ।
कथित माथिल्लो जातकी युवतीसंग प्रेम गरेका जाजरकोटका नवराज वि.क. र उनका साथीहरुमाथि गरिएको विभत्स हत्या र हातखुट्टा बाँधेर भेरी नदीमा फालिएको दर्दनाक घटनाले सिर्जना गरेको हाम्रो सामाजिक परिवेश र जातीय मानसिकतालाई यस फिल्ममा कलाकारहरुले यथार्थपरक रुपमा प्रस्तुत गरेका छन् ।
अनिश अधिकारीको शब्द संगीत तथा अनिश अधिकारी र शान्तीश्री परियारको स्वर रहेको यो गिती कथामा आधारित म्यूजिकल भिडियो फिल्म रुविन घर्तीमगरको एरेन्ज तथा मञ्जुरी डिजिटल रेकर्डिङ्ग स्टुडियोबाट निर्माण गरिएको हो ।
नेपाल टेलिभिजनबाट प्रशारित हास्य टेलिश्रृङ्खला “जिरे खुर्सानी” मा बालकलाकारको रुपमा अभिनय यात्रा प्रारम्भ गरी नेपाली चलचित्रहरु पल, अचानक, लक्की सेभेन, बर्षाद, समय, परिवर्तन आदि तथा बिभिन्न हास्यव्यंग कार्यक्रममा आफ्नो अभिनयकला देखाइसकेका कलाकार सारांश थपलियाको सांग्रिला इन्टरटेन्मेन्ट यो भिडियो सार्वजनिक गरिएको हो ।
भिडियोमा सन्दीप बाबु लोहनी, अस्मिता लामिछाने र थपलिया लगायतको अभिनय रहेको छ ।
विभिन्न नेपाली चलचित्र तथा म्यूजिक भिडियोको निर्देशन गरीसकेका युवा निर्देशक सविन अधिकारीद्वारा निर्देशित यस म्यूजिक भिडियोको छायांकन क्राइसिस ज्याक तथा सम्पादन आलोक वाग्लेले गरेका छन् ।
सांग्रिला इन्टरटेन्मेन्ट च्यानलको यो पहिलो प्रस्तुति हो । आगामी दिनमा पनि यस च्यानलले विभिन्न नेपाली म्यूजिक भिडियोहरु प्रस्तुत गर्दै जाने कलाकार थपलियाले बताए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया