२१ दिन अघि बेनीबाट बेपत्ता भएकी युवतीको पर्वतमा शव भेटियो
म्याग्दी । म्याग्दीको बेनीबाट २१ दिनअघि हराएकी एक युवतीको पर्वतको मल्लाजस्थित भीरमा आइतबार शव भेटिएको छ ।
गत कात्तिक २१ गतेदेखि बेनीबाट हराएकी मङ्गला गाउँपालिका–३ बरंजाकी ३० वर्षीया पुष्पा सापकोटाको शव पर्वतको जलजला गाउँपालिका–३ मा पर्ने ठूलो सल्लेरी र भीरमुनी सामुदायिक वन क्षेत्रमा भेटिएको हो ।
म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार आज बिहान भेटिएको शव पुष्पाको भएको पुष्टि भएको र परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको छ । शव सडेको अवस्थामा भेटिएको थियो । बेनीको कालीपुल पारी रहेको सो जङ्गलको भूगोल पर्वतमा पर्छ ।
घटनाको बारेमा पर्वत प्रहरीले अनुसन्धान थालेको छ । बेनीको अस्पताल चोकमा रहेको पाण्डे मेडिकल हलमा कार्यरत सापकोटा कात्तिक २१ गते बिहान पौने ११ बजे त्यहाँबाट निस्किएकी थिइन् । उनको मोबाइलको ‘लोकेशन’ क्याम्पस चोकको टावर रेञ्जमा देखाएको थियो ।
पुष्पाको मृत्युको विषयलाई शङ्कास्पद रुपमा हेरिएको छ । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । घटनास्थल पर्वतमा पर्ने भएकाले जिल्ला प्रहरी कार्यालय पर्वतबाट नै टोली खटिएर अनुसन्धान गर्ने र पोष्टमार्टम गरेपछि शव परिवारको जिम्मा लगाउने तयारी छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया