पहाडका मतदातासँग नजिकिँदै सिके राउत
काठमाडौं । गत निर्वाचनबाट मधेशमा उदाएको सिके राउत नेतृत्वको जनमत पार्टीले पहाडमा पनि आफ्नो प्रभाव बढाउन प्रयास थालेको छ ।
रास्वपा मधेश झरेका वेला राउत राहत सामग्रीसहित भूकम्प प्रभावित जाजरकोट उक्लिएका छन् । यद्यपि, उनको संगठन विस्तारको घोषित उद्देश्य भने छैन ।
जनमत पार्टीका सचिव बिपी शाहले पहाडमा संगठन विस्तारका लागि सुरुदेखि नै काम भइरहेको बताए । ‘हामीले सुदूरपश्चिममा प्रदेश कमिटी गठन गरिसकेका छौँ,’ उनले भने, ‘कर्णालीमा पनि प्रदेश कमिटी बनाउने तयारीमा छौँ । कोशी प्रदेशकोे इलाम, पाँचथर, ताप्लेजुङमा पनि कमिटी गठनको तयारी छ । झापा, मोरङ, सुनसरीमा त हामी पहिलेदेखि नै छौँ । यसबाहेक अन्य क्षेत्रमा खासै काम गर्न सकेका छैनौँ । तर, संगठन विस्तारका लागि इच्छुक र सक्षमलाई खुला रूपमा आह्वान गरिरहेका छौँ ।’
अरू मधेश झर्दा हामी पहाड त उक्लिने नै हो : सिके राउत, अध्यक्ष, जनमत
संसदीय समितिको सदस्य पनि भएकाले मानवीय हिसाबले भूकम्प प्रभावित क्षेत्रमा आएको हुँ । ०७२ को भूकम्पका वेला पनि राहत पठाएका थियौँ । देशमा कतै समस्या भयो भने हामी चिन्तित हुन्छौँ । यहाँ (जाजरकोट) का जनताबाट तपाईंलाई टिभीमा देखेको थिएँ, इन्टरभ्युमा देखेको थिएँ भन्ने सकारात्मक प्रतिक्रिया पाइरहेको छु । पहाडमा संगठन धेरै विस्तार गर्न पाएका छैनौँ, तर गर्ने नै छौँ । अरू मधेश झर्दा हामी पहाड त उक्लिने नै हो ।
नयाँ पत्रिका दैनिकबाट
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया