सुनको मूल्य पुन: उकालो, प्रतितोला कति पुग्यो ?

काठमाडाैं । आइतबार बढेको सुनको मूल्य सोमबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँ बढेर एक लाख १७ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको मूल्य १ लाख १६ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।
आज चाँदी १५ रूपैयाँले बढेर एक हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी एक हजार ४८५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया