NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ‘फण्ड ट्रान्सफरमा मोबाइल हातमा’ अफर

काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले  एनसिएचएल (NCHL) संगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ प्रयोगकर्ताहरुका लागि ‘फण्ड ट्रान्सफरमा मोबाइल हातमा अफर’ अफर सार्वजनिक गरेको छ । सो अफरअन्तर्गत हरेक तीन जना भाग्यशाली मोवाइल बैकिङ प्रयोगकर्ताले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एनआएमबी स्मार्ट (NIMB Smart) एपबाट कनेक्ट आइपिएस लाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १–१ थान स्मार्टफोन जित्न सक्नेछन् ।

बैंकका अनुसार यो अफर मंसिर १० गते देखि पुष ९ गतेसम्म लागु हुनेछ । एनआएमबी स्मार्ट उपलब्ध  कनेक्ट आइपिएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्ने तीनजना प्रयोगकर्तालाई अफरको अन्त्यमा विजेता घोषणा गरिनेछ । सोको जानकारी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आधिकारीक सामाजिक सञ्जालमा प्रकाशन गरिने बैंकले जनाएको छ ।

फण्ड ट्रान्सफर गर्नका निम्ति आफ्नो एनआएमबी स्मार्ट एपमा लग–इन गरी, फण्ड ट्रान्सफर  मा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएस लाई छनोट गर्नुपर्ने हुन्छ । मोबाइल बैंकिङ्गबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएस एक न्यूनतम शूल्क लाग्ने सजिलो माध्यम हो । भुक्तानी तथा ट्रान्सफरका निम्ती मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास गरिएको छ । कनेक्ट आइपिएसको फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोवाइल बैंकिङ्गमा उपलब्ध रहेको छ भने उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएस मा छुट्टै रजिष्टर गर्न आवश्यक छैन एनआएमबी स्मार्ट मा रहेको कनेक्ट आइपिएस मार्फत प्रति दिन प्रति कारोबार रु. २ लाख सम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ ।