काठमाडौंको स्पामा प्रहरीको छापा, तीन युवती राखेर वेश्यावृत्ति

काठमाडौं । ब्यूटीपार्लर तथा स्पाको नाममा यौनधन्दा चलाउने व्यक्ति पक्राउ परेका छन् । नुवाकोटको चिचिला गाउँपालिका दिनेश पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।
उनले काठमाडौंको रातोपुलमा यस्तो धन्दा चलाएका हुन् । नुवाकोट ब्यूटीपार्लरको नाममा मसाज गराउन लगाउने ग्राहकहरुसँग जबरजस्ती सम्बन्ध समेत राख्न लगाउँदै आएको प्रहरीले जनाएको छ । त्यहाँबाट प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले तीन युवतीको उद्धार समेत गरेको छ । जसमा दुई जना १८ वर्ष भन्दा कम उमेरका छन् ।
पौडेलले एयरपोर्टमा पनि दुई मसाज चलाएको र त्यहाँ पनि यस्तै धन्दा गरेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया