बुद्ध एयरको जहाजले किन गर्यो ‘ओभरसुट’ ?
काठमाडौँ । बुद्ध एयरको जहाजले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा ‘ओभरसुट’ गरेको छ ।
काठमाडौँबाट यात्रु बोकेर उडेको जहाजले सोमबार साँझ करिब ७ बजे चन्द्रगढी विमानस्थलमा अवतरणका क्रममा ओभरसुट गरेको हो ।
बुद्ध एयरको जहाज धावनमार्गमा अवतरणको अन्तिम चरणमा स्याल देखिएपछि जहाजले ओभरसुट गरेको विमानस्थलका सूचना अधिकारी किशोरकुमार खत्रीले जानकारी दिए ।
उनले भने, “काठमाडौँबाट आएको जहाज अवतरण गर्ने ‘फाइनल प्वाइन्ट’ मा आइसकेपछि धावनमार्गमा स्याल देखियो । हामीले सामान्यतया धावनमार्गमा स्याल, कुकर वा कुनै शङ्कास्पद वस्तु देखिएमा पहिला धावनमार्ग क्लियर गरेर मात्रै जहाज अवतरण गर्ने अनुमति दिन्छौँ । सोही प्रक्रिया गर्दा समय करिब १० मिनेटको समय लाग्ने भएकाले जहाजलाई ‘मिस अप्रोच’ गराएर सुरक्षित अवतरण गरिएको हो ।”रातिको समयमा इन्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) भएकाले धावनमार्ग क्लियर गर्न लगाएर जहाजलाई सुरक्षित अवतरण गराइएको थियो ।
धावनमार्गमा स्याल देखिएपछि विमानस्थलका ‘एयर ट्राफिक कन्ट्रोलर’ (एटिसी) ले मिस अप्रोचका लागि विमान चालक (पाइलट) लाई अनुरोध गरेका थिए । मानिस र सवारीसाधनको सहायताले धावनमार्ग उडानयोग्य बनाइएको थियो ।
“रात्रिकालीन उडान भएकाले केही असहज भएको हो हामी सचेत छौँ, जहाज उडान तथा अवतरण गर्नुअघि विमानस्थलका कर्मचारीले धावनमार्गको चेकजाँच गरिँदै आएको छ । सुरक्षित उडानका लागि सबै जिम्मेवारपूर्वक लागेका छौँ”, सूचना अधिकारी खत्रीले भने ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया