NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

काठमाडाैं । आइतबारयता सुनको मूल्य बढ्ने क्रम जारी छ । मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको असर परेको महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँ बढेर एक लाख १७ सात सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य १ लाख १७ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य स्थिर छ । महासंघका अनुसार मंगलबार चाँदी सोमबारकै मूल्य एक हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।