NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

एकल अंकले घट्यो नेप्से, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से एकल अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज २.१७ अंकले घटेर १८९४.५३ विन्दुमा पुगेको छ ।

आज दुई सय ९० कम्पनीको ४७ लाख २७ हजार ९०२ कित्ता शेयर ४७ हजार तीन सय ३३ पटक खरिद बिक्री हुँदा रू एक अर्ब २८ करोड २ लाख २८ हजार रूपैयाँ कारोबार भएको नेप्सेले जनाएको छ ।

आज पाँच उपसमूह बढेका छन् भने बाँकी घटेका छन् । घटेका उपसमूहरूमा वित्त ०.३३, होटल तथा पर्यटन ३.३३, जलविद्युत ०.१८, उत्पादन ०.६६, म्युचल फण्ड ०.८४ प्रतिशतले बढेको छ ।

घटेका उपसमूहरूमा बैंकिङ ०.५२, विकास बैंक ०.५२, लगानी ०.२३, जीवन बीमा ०.०६,माइक्रोफाइनान्स ०.५८, नीर्जीवन ००२, अन्य ०.१९ र व्यापार ०.१९ प्रतिशतले घटेको छ ।

मंगलबार बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयरमा सकाराकत्मक सर्किट लागेको छ भने नारायणी डेपलभमेन्ट बैंकको सेयर सबैभन्दा धेरै घटेको छ ।

कारोबार रकमको आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको ८ करोड ४९ लाख ९८ बराबरको कारोबार भएको छ ।