सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?
काठमाडाैं । आइतबारयता सुनको मूल्य बढ्ने क्रम जारी छ । मंगलबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्यले बुधबार पनि नयाँ रेकर्ड कायम गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको असर परेको महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १६ सय रूपैयाँ बढेर एक लाख १९ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।
मंगलबार सुनको मूल्य प्रतितोला एक लाख १७ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको मूल्य १ लाख १८ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य २० रूपैयाँले बढेर एक हजार पाँच सय २० रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया