सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?

काठमाडाैं । आइतबारयता सुनको मूल्य बढ्ने क्रम जारी छ । मंगलबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्यले बुधबार पनि नयाँ रेकर्ड कायम गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको असर परेको महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १६ सय रूपैयाँ बढेर एक लाख १९ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।
मंगलबार सुनको मूल्य प्रतितोला एक लाख १७ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको मूल्य १ लाख १८ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य २० रूपैयाँले बढेर एक हजार पाँच सय २० रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
राष्ट्र बैंकले बढायो सेयर धितो कर्जाको सीमा, १५ करोडबाट २५ करोड पुग्यो
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रतिक्रिया