NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

भूकम्प पीडितका अस्थायी आवास निर्माणमा सुरक्षाकर्मी खटाइने

काठमाडौं । सरकारले जाजरकोट भूकम्प पीडितका अस्थायी आवास निर्माणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाउने भएको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

अस्थायी आवास निर्माणको लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले नेतृत्व गर्ने सञ्चार तथा सूचना, प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

जिल्लामा जनशक्ति अपुग भएमा प्रमुख जिल्ला अधिकारीको मागको आधारमा थप जनशक्ति उपलब्ध गराउने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।

कात्तिक १७ गते राति बारेकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा मानवीय तथा भौतिक क्षति पुगेको छ।

ताजा अपडेट

नेपालवाच विशेष