NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरीका इन्सपेक्टरको भिडियो सर्वाेत्कृष्ट

काठमाडौं । इन्टरपोल स्थापनाको एक सय वर्ष पुगेको अवसरमा आयोजित भिडियो प्रतियोगितामा नेपाल प्रहरीका दुई इन्सपेक्टरले बनाएको भिडियो सर्वाेत्कृष्ट भएको छ ।

“INTERPOL 100 Global Video Contest for Young Police Leaders” प्रतियोगितामा नेपाल प्रहरीका प्र.नि. नारायण थापा र प्र.नि. उमेश गुरुङ श्रेष्ठद्वारा निर्माण गरिएको जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, Artificial Intelligence का कारण भविष्यमा हुनसक्ने समस्याहरू समाधान गर्न र दिगो विकासको लक्ष्य प्राप्त गर्न ईन्टरपोलको अहम् भूमिका हुने विषय समेटिएको “Let’s Save the Planet-INTERPOL 100” विषयक सूचनामुलक छोटो भिडियो सर्वोत्कृष्ट हुन सफल भएको हो।

सन् २०२३ नोभेम्बर २८ देखि डिसेम्बर ०१ सम्म अष्ट्रियाको भियनामा आयोजना भईरहेको ईन्टरपोलको ९१ औं महासभाको पहिलो दिन INTERPOL President Major General Dr. Ahmed Naser AL-RAISI बाट नेपाल प्रहरीलाई सम्मान स्वरूप प्रमाण-पत्र प्रदान गरिएको छ ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष