NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

नेपाल आयल निगम ऋणमुक्त

काठमाडौं । नेपाल आयल निगमले सरकार र सरकारी स्वामित्वका बैंकसँग लिएको कर्जा चुक्ता गरेको छ । निगमले मंगलबार ५० अर्ब रूपैयाँ बराबरको कर्जा चुक्त गरेसँगै ऋणमुक्त भएको हो ।

आयल निमगले सरकारबाट लिएको ७ अर्ब, राष्ट्रिय वाणिज्य बैंकबाट लिएको  साढे ३ अर्ब र खरिदवापतको इन्डियन आयल  कर्पोरेशनलाई  तिर्नुपर्ने २४ अर्ब रुपैयाँ चुक्ता गरिएको हो ।

अब निगमले आन्तरिक तर्फको ऋण तिर्न बाँकी भएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।