NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

बैंकको ३४ करोड ठगी प्रेमिका लिएर भाग्न खोज्ने अधिकृतलाई आठ वर्ष कैद

काठमाडौं । आफु कार्यरत बैंककै ३४ करोड रुपैयाँ ठगी गरी प्रेमिकासँग विदेश भाग्न खोज्ने कृषि विकास बैंकका तत्कालिन अधिकृतलाई आठ वर्ष कैद सजाय भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा बिशेष अदालतले बिहीबार सजाय सुनाएको हो ।
कृषि विकास बैंकमा शाखा अधिकृत रहेका केदारप्रसाद गौतम र उनका साथी कृष्णहरि थापालाई जनही ८–८ वर्ष कैद सजाय सुनाइएको छ। आठजना प्रतिवादी रहेकामध्ये पाँच दोषी ठहर भएका छन् भने तीनजनालाई विशेषले सफाइ दिएको छ।

न्यायाधीशद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले यस्तो सजाय सुनाएको हो।

गौतम कृषि विकास बैंकको स्वयम्भू शाखामा कार्यरत थिए। जहाँ उनले २०७१ असोजदेखि २०७२ असारसम्मको रकम हिनामिना गरेको भेटिएको थियो। गौतमले तेजबहादुर थापा नामले नक्कली नागरिकता बनाई त्यसैको आधारमा पासपोर्ट समेत बनाई प्रेमिका जेनी श्रेष्ठसँग विवाह दर्ता बनाई पोर्चुगल जाने प्रयास गर्दा त्यतीबेला प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । पछि अख्तियारले छुट्टै मुद्दा चलाएको हो ।

बिशेषले म्झना पोखरेल गौतम, सन्दीप गुप्ता र सूर्यबहादुर लिम्बूलाई जनही १–१ महिना कैद सजाय सुनाएको छ। सम्झना केदारप्रसादकी श्रीमती हुन्। उनले बैंकबाट अनियमित तवरले निकालेको कर्जा तिरेको, बैंक खाता खोल्ने र बन्द गर्ने, कर्जा तिर्नेजस्ता आर्थिक गतिविधिमा संलग्न रही आफ्ना श्रीमानलाई गैरकानुनी कार्यमा सहयोग गर्ने गरेको अनुसन्धानले देखाएको थियो।

यो मुद्दाका प्रतिवादी भरतबहादुर बानियाँ, जेनी श्रेष्ठ गौतम र सुमन भुजेलले सफाइ पाएका छन्। बानियाँ स्वयम्भु शाखाका तत्कालीन शाखा प्रबन्धक हुन् भने श्रेष्ठ गौतमकी कान्छी श्रीमती हुन्। भुजेल भने गैरकानुनी तवरले आर्जित सम्पत्तिले जग्गा कारोबारसमेतका कार्यमा संलग्न रहेको अभियोग थियो।

यस्तो थियो बहुचर्चित ठगीको नालीबेली  
झण्डै एक वर्षदेखि आफ्नै एक कर्मचारीले नक्कली खाताहरु खोलेर पटक पटक
गरेर ३४ करोड रुपैयाँ ठगी गर्दा पनि कृषि विकास बैंकले पत्तो पाएन । तर
लोडेसेडिङको कारण एकदिन रहस्य खुल्यो ।

बैंकको स्वयम्भु शाखाका अधिकृत केदार प्रसाद गौतमले उपत्यका बाहिरका
शाखाहरुबाट विभिन्न व्यक्तिको नाममा पैसा(आन्तिरक रेमिटेन्स) आएको भन्दै
बैंकको सिष्टममा देखाउने गर्दथे । ५५ पटक गरेर उनले ३३ करोढ ८२ लाख
रुपैयाँ भुक्तानी दिए । त्यही ५५ औं चोटीमा उनी फन्दामा परे ।

भुक्तानी दिइसकेपछि उनले त्यससम्बन्धि रेकर्ड सर्भरबाट मेटिदिन्थे । एक दिन त्यसरी मेट्ने क्रममा लोडसेडिङका कारण बत्ती गयो । उनी
कार्यालयबाट निस्किए । भोलीपल्ट अन्य कर्मचारीले हेर्दा प्रक्रिया नै
पुरा नगरी भुक्तानी दिइएको देखियो । गढबढ भएको आशंकामा बैंकका शाखा
प्रबन्धक भरत बानियाँले गौतमलाई फोन गरे । उनले आफुलाई केही थाहा नभएको र
अफिस नै आएर कुरा गर्ने बताए । तर अफिस गएनन् । आफ्नो बदमासी पत्ता
लागेपछि उनी फरार भए । त्यही घटनापछि कृषि विकास बैंकभित्रको ३३ करोड ८२
लाख रुपैयाँ ठगी भएको रहस्य खुलेको हो ।

कृषि विकास बैंकको केन्द्रीय कार्यालयले घटनाबारे थाहा पाउने वित्तिकै
अनुसन्धानका लागि प्रहरीलाई पत्राचार ग¥यो । नेपाल प्रहरीको केन्द्रीय
अनुसन्धान ब्यूरो(सिआईबी)ले करिब दुई महिना लामो अनुसन्धानपश्चात् उक्त
घटनामा संलग्न १३ जनालाई पक्राउ ग¥यो ।

मुख्य योजनाकार रहेका बैैंकका अधिकृत गौतमसहित उनका २ श्रीमती सम्झना
पोखरेल र जेनी श्रैष्ठ, बैंकका शाखा प्रबन्धक भरत बानियाँ, बैंककै
सहयाकी कर्मचारी गीता पन्त, ठगीको ३ करोड भारत पठाउने सुमन कुमार
कुम्हार र सन्दीप गूप्ता, नक्कली खाता खोल्ने सूर्य बहादुर लिम्बु र
गौतमको पैसा चलाउने सुमन भुजेललाई प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरुमध्ये गौतम, भारतीय नागरिक कुम्हार र लिम्बुलाई पुनरावेदन अदालतले
पुपक्र्षका लागि गत आइतबार कारागार पठाउने आदेश दिएको हो । अदालतले
बैंकका कर्मचारी बँनिया र पन्तसँग ३०÷३० लाख रुपैया धरौटी माग्यो ।
जेठी श्रीमती सम्झना पोखरेलसग १० लाख तथा कान्छी श्रीमती जेनी श्रेष्ठसग
५ लाख रुपैया धरौटी मागिएको थियो । त्यस्तै भुजेललाई १० लाख र गुप्तालाई २०
लाख रुपैय धरौटीमा छाड्ने आदेश भयो।

ठग्दै भारत पठाउदै
प्रहरी अनुसन्धानअनुसार गौतम एकदमै महत्वाकांक्षी व्यक्ति हुन् । पैसाका
लागि उनी जे पनि गर्न तयार हुने स्वभावका छन् । रामेछाप घर भएका कृष्णहरी
थापा र उनले मिलेर पहिलेदेखि विभिन्न किसिमका अवैध कामहरु गर्दै आएका थिए
। उनै दुई जनाको योजनामा बैंक ठगीको योजना बनाए ।

भारतमा रासनकार्ड लिइसकेका थापा भने अहिलेसम्म पनि पक्राउ परेका छैनन् ।
ठगी गर्नका लागि एक वर्षअघि नै योजना बनेको थियो । कृषि विकास बैंकका सबै
शाखाहरुमा आधुनिक सफ्टवेयर थिएन । उपत्यका बारिहका धेरै शाखाहरुमा कोर
बैंकिङ सिष्टम(सिबिएस) लागू भएको थिएन । त्यसैको फाइदा उठाउदै गौतमले
ठगीको योजना बनाएको थिए । सिबिएस लागू नभएको शाखाको हिसाबकिताब
केन्द्रीय कार्यालयलाई जानरकाी हुदैन ।

गौतमले सिबिएस लागू नभएका शाखाबाट विभिन्न व्यक्तिको नाममा पैसा आएको
भनेर आफैं देखाउने गर्दथे । त्यसरी आएको पैसा बैंक खातामा ट्रान्सफर
गरिदिन्थे । त्यसका लागि विभिन्न १२ जना व्यक्तिको नाममा नक्कली खाता
खोलिएको थियो । नक्कली नागरिकता बनाएर खाता खोलिएको थियो । तीनै
खाताहरुमा त्यसरी आएको पैसा जम्मा हुन्थ्यो । उक्त पैसा चेक काटेर
निकालिदै आएका थियो । त्यसरी पैसा निकाल्न नेपाली मूलका केही भारतीयलाई
प्रयोग गरेका थिए । त्यसमध्ये पक्राउ परेका लिम्बु एक हुन् । उनीहरुलाई
पनि केही रकम दिने आश्वासनमा उक्त काम गराइएको थियो ।

त्यस्तै बैैंकका कर्मचारीहरुलाई पनि उनले खुशी बनाएका थिए । रेकर्ड
इन्ट्रीको काम गर्ने पन्तलाई उनले घर बनाउन ऋण मिलाइदिएका थिए । त्यस्तै
शाखा प्रबन्धक बानियालाई पनि पार्टी दिएर उनले हात लिएका थिए । पासवोर्ड
समेत चोरी गरेर उनले बैंकमा ठगी गर्दै आएको प्रहरीले जनाएको छ । प्राय
कार्यालय समय सकिएपछि उनले बैंकमा उनले त्यसरी ठगी गर्दै आएका थिए ।

हुन्डी कारोबार गर्नेलाई पनि प्रहरीले बैंकिङ कसुर मुद्दा दायर गरेको थियो ।
कृषि विकास बैंक ठगीको रकम हुन्डीमार्फत भारत पठाउने सन्दीप गुप्ता र
रामकुमार कुम्हारलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।
गुप्ता र कुम्हारले कृषि विकास बैंक ठगीको करिब ३४ करोड रुपैयाँमध्ये ३०
करोड हुन्डीमार्फत भारत पठाएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुप्ता विशालबजारस्थित ओम गोल्डहाउसका सञ्चालक हुन् भने
कुम्हार गार्मेन्टको काम गर्दै आएका हुन् ।

स्वयम्भू शाखाका अधिकृत केदार गौतमको योजनामा कृषि विकास बैंकको ३३ करोड
२२ लाख पा“च सय ७८ रुपैया“ ठगी भएको थियो । सो रकम हुन्डीमार्फत भारत
पठाइएको र यसमा संलग्न गुप्ता र कुम्हारलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका गुप्ताले बैंक ठगीका मुख्य नाइके नक्कली नागरिकताका आधारमा
तेजबहादुर थापाको नाममा खोलेको बैंक खातामा ३५ लाख रुपैयासमेत राखिदिएको
खुलेको छ ।

गौतमलाई नक्कली कागजपत्रका आधारमा सक्कली नागरिकता र पासपोर्ट बनाउन
सहयोग गर्ने भक्तपुर मालपोतका नायबसुब्बाद्वय लक्ष्मी तिमिल्सिना र मोहन
देउबञ्जार, कार्यालय सहायक साजनकुमार नायजु र लेखनदास कृष्णकुमार
कटवाललाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

गौतमले झापाबाट आफू भक्तपुरमा बसाइ सरेको भन्दै नक्कली लालपुर्जा बनाएर
त्यसकै आधारमा भक्तपुरबाट नागरिकता बनाएका थिए । भक्तपुर जिल्ला
प्रशासनले झापामा बुझ्दै नबुझी उनको नाममा नागरिकता बनाइदिएको थियो ।
घटनाका मुख्य अभियुक्त राजीव थापा रामेछाप जिल्लाका भए पनि उनी भारतमा
रासनकार्ड लिएर उतै बस्दै आएका छन् । उनकै योजनामा बैंक ठगी भएको
थियो ।

गौतम र थापाबीच अवैध सामान कारोबारको क्रममा करिब १२ वर्ष पहिले नै चिनजान भएको थियो ।
ठगी भएको धेरै पैसा थापाकै नाममा हुन्डीमार्फत पठाइएको प्रहरीले जनाएको छ
। थापाले नै नेपाली मूलका भारतीयको नाममा नक्कली खाता खोलेका थिए । तिनै
खाताबाट उपत्यकाबाहिरका शाखाबाट आउँदै नआएको पैसा सिस्टममा आएको देखाएर
ठगी भएको थियो ।

पुरानो प्रविधि हुँदा बैंक ठगी
कृषि विकास बैंकको करिब ३४ करोड ठगी हुनुमा बैंकको पुरानो प्रविधि पनि
प्रमुख कारण देखिएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीले बताएका छन् ।
बैंकका उपत्यकाबाहिरका अधिकांश शाखामा कोर बैंकिङ सिस्टम (सिबिएस) लागू
भएको थिएन । जसले एक वर्ष नभई ती शाखाहरूको कारोबारबारे केन्द्रीय
कार्यालयलाई थाहा हँुदैन ।

सिबिएस सिस्टम लागू नभएका उपत्यकाबाहिरका १७ वटा शाखाबाट पैसा आएको
देखाएर स्वयम्भू शाखाका अधिकृत केदार गौतमको योजनामा ३३ करोड २२ लाख पा“च
सय ७८ रुपैया“ ठगी भएको थियो । गत वर्ष असोजदेखि असारसम्म गरी सो रकम ठगी
भएको थियो । तर, बैंकले आर्थिक वर्षको अन्तिममा मात्र ठगी पत्ता लागेको
थियो ।

गौतमले सिबिएस लागू नभएका शाखाहरूबाट विभिन्न व्यक्तिको नाममा पैसा आएको
देखाई सो रकम निकालेर ठगी गरेका थिए । सबै शाखामा सिबिएस नहुँदा एक
वर्षसम्म गौतमले ठग्ने अवसर पाएका थिए । गौतमले सहायक कर्मचारी गीता पन्तको सहयोगमा ठगी गरेका थिए । बैंकका
शाखा प्रबन्धक भरत बानियाको पनि अप्रत्यक्ष सहयोग रहेकाले उनलाई समेत
पक्राउ गरी प्रहरीले मुद्दा दायर गरेको थियो ।

धुलिखेलको बाटोबाट अमेरिका ?
ठगी गरेपछि बिदेश भाग्ने योजना बनाएका गौतमले बैंकका कर्मचारीलाई समेत
झुक्याएनन्, आफन्तलाई समेत ढाँटे । श्रीमतीलाई अमेरिकाको डिभी परेको र
उनीहरुलाई पहिला अमेरिका पु¥याएर आफु पछि जाने भन्दै ढाँटेका थिए । तर
श्रीमती र सन्तानलाई अमेरिकामा रहेको भन्दै सिलगुढीमा लगेर राखेका थिए ।
दुई महिनाअघि जेठी श्रीमतीतर्फका आफन्तसग बिदा मागेर उनी श्रीमतीलाई
अमेरिका उडाउन भनेर सगै अमेरिका गए । कोटेश्वर पुगेपछि फ्लाइट २ घन्टा
ढिलो हुने भन्दै उनले कोेटेश्वरबाट नै आफन्तलाई ‘तपाईहरु किन दुःख
पाइरहनु’ भन्दै फर्काएका थिए । त्यहाँबाट लाजिम्पाटस्थित अपार्टमेन्टमा
गई पछि धुलिखेल हुदै वीपी हाईवेबाट उनीहरु सिलगुढीतर्फ गएका थिए । उनका
आफन्तहरु अमेरिकामै रहेको बिश्वासमा थिए ।

बैंकका सहकर्मीहरुलाई पनि उनले त्यही भन्दै आएका थिए । श्रीमती र सन्तान
अमेरिका गइसकेको र आफु पनि जागिर छाडेर अमेरिका जाने तयारीमा रहेको
बताउने गरेका थिए । तर खास योजना भने कान्छी श्रीमतीसँग कसैलाई थाहा
नहुने गरी अमेरिका भाग्ने थियो ।

जेठी श्रीमती सम्झना पोखरेललाई सिलगुढीमा राखेपछि गौतम कान्छी श्रीमती
जेनी श्रेष्ठसँग लाजिम्पाटमा अपार्टमेन्ट भाडामा लिएर बस्दै आएका थिए ।
जेनीको पोर्चुगलको रेसिडेन्ट कार्ड भएकाले उनीसँग बिहे गरेर पोर्चुगल
जाने तयारीमा गौतम थिए । आफू पोर्चुगल भागेको थाहा नहुने गरी गौतमले
कागजपत्रसमेत मिलाइसकेका थिए । उनले तेजबहादुर थापाको नाममा पासपोर्ट र
नागरिकता बनाएका थिए । सोही नाममा बैंकमा खाता खोलेर पैसा राखेका थिए ।
घरलगायत सम्पत्ति बेचेर ठगी गरेको पैसा समेत बिदेश पठाइसकेका थिए ।