बनेपामा नेत्र विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा यही मङ्सिर २२ र २३ गते नेत्र विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।
सम्मेलनमा अमेरिका र नेपालका करिब एक सय ५० नेत्र विशेषज्ञले सहभागिता जनाउने छन् । सम्मेलनमा आँखाको उपचारमा विश्वभर भइरहेका अभ्यास, अनुभव तथा प्रविधिका कारण निम्त्याइएको नयाँ समस्या तथा चुनौतीका बारेमा बृहत् छलफल हुने अस्पतालका अध्यक्ष मधुप्रसाद आभचार्यले जानकारी दिए ।
उनका अनुसार सम्मेलनको तयारी पूरा भएको छ । सम्मेलनको पहिलो दिन नवनिर्मित ओपडी भवनको शुभारम्भ गरेपछि औपचारिक कार्यक्रम सुरु हुनेछ ।
प्रशासकीय प्रमुख हीरामणि शर्माका अनुसार सन् २००७ स्थापित अस्पतालले सन् २०२३ सम्ममा १० लाख नागरिकलाई ओपिडी सेवा उपलब्ध गराएको छ ।
पाँच जना विशेषज्ञ डाक्टरद्वारा नियमित सेवा प्रदान गर्दै आएको अस्पतालले बनेपाका अलावा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरस्थित भकुण्डे, सिन्धुपाल्चोकको खाँडीचौर र जनकपुरको ढल्केबरसम्म सेवा उपलब्ध गराउँदै आएको उनले बताए ।
अस्पतालले हाल विद्यालयस्तरमा पुगेर बालबालिकामा आँखासम्बन्धी रोगको पहिचान तथा उपचार गरिरहेको छ । यसअन्तर्गत बनेपा नगरपालिकाका २४ हजार बालबालिकाको आँखाको निःशुल्क परीक्षण गरिरहेको छ । अस्पतालले गत आवमा ५५ हजार नौ सय ९७ लाई सेवा उपलब्ध गराएकामध्ये चार सय ४५ को आँखाको शल्यक्रिया गरेको जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया