शिवम् होल्डिङ्स लिमिटेडले आइपिओ निष्कासन गर्ने

काठमाडाैं । शिवम् सिमेन्ट्स लिमिटेडको करिव ८५ प्रतिशत शेयर लगानी रहेको शिवम् होल्डिङग्स लिमिटेडले सर्वसाधारणको लागि आईपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूंजी ५ अर्व ८० करोडको २० प्रतिशत बराबर हुने १०० का दरको एक करोड सोह्र लाख थान साधारण शेयरहरु सर्व साधारणहरुका लागि नेपाल धितोपत्र वोर्डको स्वीकृतिमा सार्वजनिक निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
शिवम् होल्डिङस् लिमिटेडका संचालक अध्यक्ष शिवरतन शारदाज्यूको उपस्थितीमा सिद्धार्थ क्यापिटल लिमिटेडसंग शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धि सम्झौता गरेको छ । सम्झौता अनुसार कम्पनीले सर्व साधारणमा शेयर निष्कासन गरी बजारमा छरिएर रहेको स–साना पूँजीलाई संकलन गर्दै लगानी थप विस्तार गरी देशको अर्थतन्त्रमा योगदान पु¥याउदै मुनाफा आर्जन गर्ने विश्वास लिएको छ ।
यस शिवम् होल्डिङग्स लिमिटेडको अधिकृत तथा जारी पूँजी रु. ५ अर्व ८० करोड मध्ये संस्थापकहरु तर्फ ८० प्रतिशत अर्थात रु. ४ अर्व ६४ करोड र सर्व साधारण तर्फ रु. १ अर्व १६ करोड शेयर पूंजी छुट्याई प्रिमियम मूल्यमा निष्कासन गर्ने प्रक्रिया प्रारम्भ गरेको हो ।
यस कम्पनीका संस्थापकहरुमा शिवम् सिमेन्ट्स लिमिटेडको संस्थागत शेयर लगानी करिव ८५ प्रतिशत र अन्य १९ जना विभिन्न उद्योग, व्यापार र पेशा व्यवसायमा सफल रहेका व्यक्तिहरुको व्यक्तिगत करिव १५ प्रतिशत शेयर लगानी रहेको छ । यस कम्पनीले आफ्नो शेयर रकम लगानी गरेको संस्थाबाट विगत २ वर्ष देखि मुनाफा समेत प्राप्त गरेको छ भने शेयर जारी गरी सर्व साधारणबाट संकलन हुने प्रिमियम मूल्य सहितको रकम अन्य उपयुक्त परियोजनाहरु जस्तै हाइड्रोपावर, बैंक वित्तीय संस्था, टुरिजम क्षेत्र र इन्फाष्ट्रक्चरका परियोजना तथा अन्य उद्योग लगायतका क्षेत्रमा समेत शेयर लगानी विस्तार गर्ने योजना रहेको व्यहोरा सम्बन्धित सारोकारवालाहरुलाई यसै विज्ञप्ती मार्फत जनाइएको छ ।
ताजा अपडेट
-
अख्तियारको वार्षिकोत्सवमा राष्ट्रपति- भ्रष्टाचारसम्बन्धी उजुरी र मुद्दा छिटो टुंगोमा पु–याउनुपर्छ
-
सांसदलाई मन्त्री बनाउन हुँदैन, निर्वाचन प्रणाली पनि बदलौं
-
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव
-
पूर्वाधार निर्माणको पर्खाइमा सुनछहरा
-
कर्णाली प्रदेशबाट रु चार अर्ब बढीको कृषि तथा पशुजन्य उपज निकासी
प्रतिक्रिया