भगवानको थान बनाउन परेको बजेटमा ‘भ्रष्टाचार’, अधिकृतलाई अख्तियारले बोलायो
काठमाडौं । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–६ स्थित पञ्चदेवल मन्दिरको नाममा परेको बजेटमा भ्रष्टाचार भएको उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेको छ । मन्दिरको संरक्षण तथा घेरबारका लागि बजेट परेकोमा वन अधिकृतलगायतले काम नै नगरी भ्रष्टाचार गरेको उजुरीमा उल्लेख छ ।
मन्दिर निर्माण नै नगरी भ्रष्टाचार गरेको व्यहोराको उजुरी परेपछि वन कार्यालय, कालीकोटका तत्कालीन निमित्त डिभिजन वन अधिकृत प्रकाश बस्नेतलाई बयानका लागि अख्तियारले बोलाएको छ ।
उजुरीसम्बन्धमा बुझ्न सार्वजनिक सूचना आह्वान गरेर उनलाई बोलाइएको आयोगले जनाएको छ । सूचनामा ३० दिनभित्र आयोगको महाशाखा नं. २ मा उपस्थित हुन भनिएको छ । निर्धारित समयमा उपस्थित भएर वयान दिन भनेको अख्तियारले अन्यथा थप कानूनी कारबाही अघि बढाउने चेतावनी दिएको छ ।

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया