एक तोला सुन किन्न एक लाख २० हजार ८०० खर्चिनुपर्ने

काठमाडौं । आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य एक हजार ८ सय रुपैयाँले उकालो लागेर एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मकै उच्च हो ।
यसभन्दा अघि विहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । बिहीबार सुनको मूल्य एक लाख १९ हजार तीन सय रुपैयाँमा कारोबार भएको हो । शुक्रबार भने सुनको मूल्य तीन सय रुपैयाँले घटेर एक लाख १९ हजार रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख १९ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँ बढेर एक हजार ५ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया