एक तोला सुन किन्न एक लाख २० हजार ८०० खर्चिनुपर्ने
काठमाडौं । आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य एक हजार ८ सय रुपैयाँले उकालो लागेर एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मकै उच्च हो ।
यसभन्दा अघि विहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । बिहीबार सुनको मूल्य एक लाख १९ हजार तीन सय रुपैयाँमा कारोबार भएको हो । शुक्रबार भने सुनको मूल्य तीन सय रुपैयाँले घटेर एक लाख १९ हजार रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख १९ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँ बढेर एक हजार ५ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया