सरकारले ट्रेजरी बिल्समार्फत १६ अर्ब आन्तरिक ऋण उठाउँदै
काठमाडौं । सरकारले ट्रेजरी बिल्समार्फत १६ अर्ब ४ करोड रूपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । यसको बोलकबोल सोमबार दिउँसो २ बजे हुनेछ ।
नेपाल राष्ट्र बैंकले ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल्स जारी गर्न लागेका हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइन माध्यमबाट बोलकबोल गर्न सक्नेछन् ।
राष्ट्र बैंकले ९१ दिनको लागि ५ अर्ब ४ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । जुन २०८० साल चैत्र २२ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि १० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८१ जेष्ठ २२ गते परिपक्व हुनेछ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया