सरकारले ट्रेजरी बिल्समार्फत १६ अर्ब आन्तरिक ऋण उठाउँदै

काठमाडौं । सरकारले ट्रेजरी बिल्समार्फत १६ अर्ब ४ करोड रूपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । यसको बोलकबोल सोमबार दिउँसो २ बजे हुनेछ ।
नेपाल राष्ट्र बैंकले ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल्स जारी गर्न लागेका हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइन माध्यमबाट बोलकबोल गर्न सक्नेछन् ।
राष्ट्र बैंकले ९१ दिनको लागि ५ अर्ब ४ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । जुन २०८० साल चैत्र २२ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि १० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८१ जेष्ठ २२ गते परिपक्व हुनेछ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया