मार्चमा विश्वकै लामो र्याफ्टिङ प्रतियोगिता हुने
काठमाडौं । नेपाल एशोसियशन अफ र्याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था (एनआरसिटी) र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानको आयोजनामा आगामी मार्चमा विश्वकै लामो र्याफ्टिङ प्रतियोगिता आयोजना हुने भएको छ ।
यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक नाराले आगामी मार्च ८ देखि १३ सम्म विश्वकै सबैभन्दा लामो दुई सय ४८ किलोमिटर ‘राफ्ट दौड प्रतियोगिता, द ग्रेट कर्णाली क्वेस्ट–२०२४’ प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको छ ।
द ग्रेट कर्णाली क्वेस्टका अध्यक्ष मेघ आलेले दैलेखको आठबिसकोट नगरपालिकाको राकम कर्णालीबाट कैलालीको दौलतपुर घाटसम्म दुई सय ४८ किलोमिटर राफ्ट दौड गर्न लागिएको जानकारी दिए । उनले द ग्रेट कर्णाली क्वेस्ट दौडले कर्णालीको पहिचान, आर्थिक र पर्यटन विकासलाई समेत जोड्ने उल्लेख गरे। नाराका अध्यक्ष शिव अधिकारीले नेपालको पर्यटन क्षेत्रको विकासका लागि द ग्रेट कर्णाली क्वेस्ट राफ्ट दौडले सहयोगमा पुग्ने विश्वास व्यक्त गरे ।
प्रतियोगितामा १६ टोली दर्ताका लागि फेब्रुअरी ५ देखि २४ सम्म खुला गरिएको छ । प्रतियोगितामा हालसम्म छ वटा अन्तर्राष्ट्रिय टिम सहभागिता हुने निश्चित भइरहेको आयोजकले जनाएको छ । यसअघि नोभेम्बर २३ देखि २८ का लागि तय गरिएको ‘द ग्रेट कर्णाली क्वेस्ट’ जाजरकोट भूकम्पका कारण स्थगन भएको थियो ।
ताजा अपडेट
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?
-
प्रदूषण नियन्त्रणका लागि ८ अर्ब ७१ करोडको परियोजना
-
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
-
रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति
-
काभ्रेमा बस दुर्घटना : आठ जनाको मृत्यु


प्रतिक्रिया