ओरालो लाग्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । मंगलबार घटेको सुनको मूल्य बुधबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८०० रूपैयाँले घटेर एक लाख १८ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला एक लाख १९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य २० रूपैयाँ घटेर एक हजार ४८० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया