फिलिपिन्समा बस दुर्घटना हुँदा १७ को मृत्यु
फिलिपिन्स । मध्य फिलिपिन्सको पहाडमा एउटा यात्रुवाहक बस सडकको खतरनाक मोडबाट चिप्लिएर खस्दा १७ जनाको मृत्यु र ११ जना घाइते भएको अधिकारीहरूले बुधबार बताएका छन् ।
मङ्गलबार दिउँसो एन्टिक प्रान्तको ह्यामटिक नगरपालिकामा गुडिरहेको बस दुर्घटनामा परेको प्रान्तीय विपत् एजेन्सीका प्रमुख रोडरिक ट्रेनले बताए । उनले सडकको त्यो भागलाई ‘सम्भावित दुर्घटना स्थल’ भन्दै अस्पतालमा सात जनाको अवस्था चिन्ताजनक र अन्य चारको अवस्था सामान्य रहेको जानकारी दिए ।
मृत्यु हुनेमध्ये एक केन्याली रहेको र अर्का केन्याली गम्भीर घाइते भएको जनाइएको छ । प्रान्तीय गभर्नर रोडोरा काडियोका अनुसार बसमा चार केन्यालीसहित अधिकांश एन्टिकका बासिन्दा थिए । यद्यपि पछि प्रहरीले बसमा दुई जनामात्र केन्याली रहेको पुष्टि गरेको छ । एउटा शवको सनाखत हुन सकेको छैन ।
‘म त्यो स्थानलाई ‘हत्यारा मोड’ भन्छु, यो पहिला नै त्यहाँ खसेको दोस्रो सेरेस बस थियो,’ बस कम्पनीको नाम उल्लेख गर्दै काडियोले भने, ‘यति धेरै सङ्ख्यामा मृत्यु भएकाले त्यो सडकलाई त्याग्नुपर्छ र सो क्षेत्रलाई सुरक्षित बनाउनका लागि अर्को सडक बनाउनुपर्छ ।’ उनका अनुसार घना जङ्गलको खाडल करिब ३० मिटर गहिरो थियो ।
ट्रेनका अनुसार बस अग्लो स्थानबाट खस्दा ठूलो मात्रामा क्षति भएको हो । ‘प्रत्यक्षदर्शीहरूका अनुसार यान्त्रिक गडबडीका कारण बस दुर्घटना भएको हो, सम्भवतः ब्रेक फेल भएर चालकले नियन्त्रण गुमाएको हुनसक्छ,’ उनले भने ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया