एडिबीद्वारा इन्डोनेसियाको बाढी व्यवस्थापनका लागि ऋण स्वीकृत
मनिला । एसियाली विकास बैङ्क (एडिबी) ले इन्डोनेसियाको बाढी व्यवस्थापन क्षमतामा सुधार गर्नका लागि २५ करोड अमेरिकी डलर ऋण सहयोग गरेको बुधबार जनाएको छ ।
वित्तीय परियोजनाले जाभा टापुको उत्तरी तटीय क्षेत्रमा बाढी जोखिमलाई कम गर्न र स्थानीय समुदायको सामाजिक आर्थिक विकासलाई सुदृढ बनाउन सहयोग गर्ने मनिलास्थित बैंकले जनाएको छ ।
तल्लो क्षेत्रमा बढ्दो जनसङ्ख्या र सम्पत्तिका साथै रणनीतिक आर्थिक करिडोरका रूपमा रहेको इन्डोनेसियाको जाभा टापुको उत्तरी तटीय क्षेत्र बाढी र जलवायु परिवर्तनको दृष्टिकोणले अत्यन्त संवेदनशील रहेको एडिबीले बताएको छ ।
उक्त परियोजनाको लक्ष्य पश्चिम जाभा र मध्य जाभामा सिमानुक–सिसाङ्गारङ नदी बेसिन क्षेत्रमा बाढीको जोखिम व्यवस्थापनलाई कार्यान्वयन गर्नु रहेको छ । यसबाट चार लाख ८५ हजार मानिसलाई बाढीको जोखिम कम गर्न सहयोग पुग्नेछ ।
परियोजनाले जाकर्तालाई पूर्वी जाभासँग जोड्ने मुख्य सडकमा बाढीको जोखिम र यातायात व्यवधानका कारण आर्थिक केन्द्रहरूको जोखिमलाई कम गर्न सहयोग गर्ने पनि बैंकले उल्लेख गरेको छ । यसबाट अन्ततः स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा फाइदा पुग्ने बैंकको भनाइ छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया