NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

कति पुग्यो सुनको मूल्य ?

काठमाडौं । बिहीबार बढेको सुनको मूल्य शुक्रबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य २ सय रूपैयाँले उकालो लागेर एक लाख १८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुनको मूल्य एक लाख १८ हजार ६०० कायम भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मूल्य लाख १८ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार शुक्रबार चाँदी बिहीबारकै मूल्य प्रतितोला एक हजार ४६० रुपैयाँ कायम भएको छ ।